नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ संघीय संसदमा पेश भएको छ ।
आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।
सरकारले निशान छापमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्नका लागि संविधान संशोधन हुने भएको हो । बैठकमा उनले भने, ‘नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशित भएकाले, वास्तविक नक्सा नेपालको संविधानको अनुसूची ३ मा मिलाउनु पर्ने भएकाले संशोधन विधेयक पेश गर्दछु ।’
मन्त्री तुम्बाहाङ्फेले जेठ ९ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् ।
बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही समय माग गरेको थियो। शनिवार बसेको कांग्रेसको बैठकले विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ।