logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घटनाबारे छानविन गर्न मानवअधिकार आयोगको टोली रुकुमपश्चिम-जाजरकोट प्रस्थान


अंकुरण खबर
1.118K
Shares

राष्ट्रिय मानवअधिकार आयोगले रुकुम पश्चिम घटनाको अनुसन्धान गर्ने भएको छ।

अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा पाँच जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । त्यसको अनुसन्धान गर्न मानवअधिकार आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको एक टोली आज घटनास्थलतर्फ गएको हो।

आयोगका अनुसार टोलीले रुकम चौरजहारी नगरपालिकाको सोती र मृतक नवराज विकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ। चापागाईँको नेतृत्वको आयोगको टोलीले घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धानका कार्यलगायत विषयमा अनुगमन तथा अनुसन्धान गर्ने जनाएको छ।

जेठ १० गते चौरजहारीको सोतीकी मल्ल थरकी प्रेमिकालाई लिन गएका नवराजसहित उनका साथीहरुमाथि स्थानीय वासिन्दाले आक्रमण गरेका थिए।

नवराजसहित पाँच जनाको शव भेरी नदीमा भेटिएको थियो भने एक जना अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले युवतीका आमाबुवासहित केहि व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।