तनहुँमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनाको संक्रमण देखिएका ती व्यक्ति ऋषिङ गाउँपालिकाका २८ वर्यीय युवा रहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
उनको पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
संक्रमित व्यक्ति गत जेठ १० गते भारतबाट आएर गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसेका थिए ।
तीन दिनअगाडि थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको आज आइतबार बिहान आएको रिपोर्टमा पोजेटिभ देखिएको हो ।
जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको अवस्था सामान्य छ ।