नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नेपालमा लकडाउनको समयमा आत्महत्याको घटना बढेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद पण्डितले कोरोना भाइरसले भन्दा भन्दा बढी ज्यान आत्महत्याले लिएको बताएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका सांसद पण्डितले सम्भावित संक्रमितको लागि बनाइएको क्वारेन्टाइन स्थलहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन्।
उनले क्वारेन्टाइन व्यवस्थापनको लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नुपर्ने बताए।