logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ, आमा पनि संक्रमित


अंकुरण खबर
949
Shares

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो। बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने  रिपोर्ट नेगेटिभ छ।

भारतको नयाँदिल्लीबाट आमाबुवासँग एक साताअघि ती बालिका आएकी थिइन्।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो।