सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
प्रयोगशालाका अनुसार बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई वर्षीया मृतक बालिका र उनकी २३ वर्षीया आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा आज थप पाँच जना गरी २६ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमका पाँच जना संक्रमित भने कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।