logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अपडेट : थप १६६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
598
Shares

नेपालमा आइतबार एकै दिन थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये १६२ जना पुरुष र ४ जना महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) १६६ जना थपिएपछि संक्रमितको संख्या १,५६७ पुगेको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १,५ ६७ पुगेको छ। यीमध्ये २२० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म देशभर ६९ हजार ५ सय ८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्।

त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ३ सय ४९ जना आइसोलेसनमा छन्।