क्वारिन्टिनमा बसेर फर्केका एक वृद्धको सिन्धुपाल्चोकमा मृत्यु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–१३ का एक ६८ वर्षका पुरुषको शनिबार राति निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो । उनी यसअघि १४ दिन मेलचौर क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए ।
क्वारेन्टाइन बाट फर्किएको पनि १४ दिन बितिसकेको नगरपालिकाले जनाएको छ ।
उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ ।