logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २ जनाको मृत्यु, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


अंकुरण खबर
1.222K
Shares

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। बाजुराकी २ वर्षीया बालिका र दैलेख दुल्लुका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

दैलेखको दुल्लुका ३५ वर्षीय पुरुषको शनिवार मृत्यु भएको थियो। भारतबाट फर्केर क्वारेन्टाइनमै रहेका बेला निधन भएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, आइतबार निधन भएकी बाजुराकी दुई वर्षीया बालिकाकोको पनि कोरोना संक्रमणका कारण निधन भएको पुष्टि छ।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्।

कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।