logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना कहर : एन्टीबडी पोजिटिभ देखिएकालाई राखियो भैंसीगोठमा


अंकुरण खबर
728
Shares

दैलेखको भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजेटिभ देखिएका चारजनालाई गोठमा राखेको छ ।

शनिबार परीक्षणका क्रममा एन्टीबडी पोजिटिभ देखिएपछि स्थानीय चार जनालाई क्वारेन्टाइनबाट निकालेर आइसोलेसन नभएपछि भैंसीगोठमा राखिएको हो । भारतबाट १० दिनअघि आएका उनीहरु देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

तर, एण्डीबडी पोजिटिभ देखिएपछि अन्यत्र राख्दा अरुलाई पनि सर्न सक्ने भन्दै स्थानीय तहले उनीहरुलाई भैंसी गोठमा राखिएको जनाइएको छ ।