कर्णाली प्रदेशमा दुई प्रहरी सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनागरी ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार राति विज्ञप्ति निकाल्दै यसको पुष्टि गरेको हो। यो सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ भने नेपालमा १ हजार ६ सय १० पुगेको छ। यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए।
पद्यपी कर्णाली प्रदेशमा थपिएका थप ४३ जनाको भने संघीय स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ।
