आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६९ पैसा र बिक्रीदर १२१ रुपैयाँ २९ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ६२ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ७१ पैसा छ।
