logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण


अंकुरण खबर
845
Shares

बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण गरिने भएको छ।

त्यसका लागि आज (सोमबार) बिहान उनीहरुको स्वाव संकलन गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए। अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन गरिएको उनले बताए।

उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैयामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ। अन्य २१ जना घाइते छन्।

शव भेरी अस्पतालमा राखिएको छ भने घाइतेको सोही अस्पतालमा उपचार भइराखेको छ ।