logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम पश्चिम घटनालाई टुलुटुलु हेरेर बस्दा लाज पनि हामीसँग लजाउँछ : गगन थापा


अंकुरण खबर
1.131K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुम पश्चिमको नरसंहारले सबैको अनुहारमा कालो पोतेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो अमानविय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन घटनालाई ढाकछोप गर्ने काम भएको भन्दै आपत्ति समेत जनाए ।

‘घटनाको जरामा रहेको उच्च जातिय अहंकारको ढाकछोप गर्न संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्दा लाज पनि हामीसँग लजाउँछ’, उनले भने, ‘सभामुख महोदय अनुहारको दाग ऐना पुछेर जाँदैन ।

त्यसैले रुकुम नरसंहार लगायत यो जातिय कारणले लकडाउनमा मात्र ३२ जना दलितको हत्या आत्महत्या, बलात्कारको घटनाको छानबिन गर्न अविलम्ब सर्वदलिय संसदीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु । सदनले यो नबनाएसम्म हामी बोलिरहने छौं । न्यायको पक्षमा लडिरहने छौं ।’