logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता


अंकुरण खबर
793
Shares

कैलाली, चुरे गाउँपालिका-३ स्थित पातली खोलामा २ जना बेपत्ता भएका छन् ।

सोमबार बिहान आएको बाढीले सोही खोला नजिक बस्दै आएका २ जना पुरुष बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् ।

पातली खोलाको छेउमा पाल टाँगी बस्दै आएका उनीहरुलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय फल्टुडे र प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेको छ ।