मोरङको सुनवर्सी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको छ ।
सोमबार मध्यान्न वर्षासँगै परेको चट्याङ लागेर सुनवर्सी-६ तालगाछी की ३० वर्षीया निरुतु कुमारी दासको मृत्यु भएको हो ।
आफ्नै मकै बारीबाट मकै लिई घर आउँदै गर्दा बाटोमा आचानक चट्याङ लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि रंगेली टाइम्स अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।