रुकुमपश्चिमको चौरजहारी घटनाको छानविनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि सक्रिय भएको छ।
घटनाको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई पूर्ण रुपमा नदिइए पनि अनुसन्धानमा सीआईबीको टोलीले सहयोग गर्नेछ।
सीआईबीका प्रमुख सहकुल थापाका अनुसार घटनाको छानविनमा सीआईबीले ‘टेक्निकल’ सहयोग गर्दैछ।
जसका लागि दुईजना प्राविधिकलाई सीआईबीले खटाएको छ। सीआईबीको उक्त टोली स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धानमा सहयोग गर्न थालेका छन्।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी प्रेम बिवाह गर्न गएका जाजरकोटका २१ वर्षीय नवराज विकलगायत ६ जनाको हत्या भएको थियो।