आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेस श्रेष्ठले जानकारी दिए।
राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी सडकमा बिग्रिएर रोकी राखेको ना.४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना हुँदा सवार १२ जनाको मृत्यु भएको थियो।