logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा थप ४० जना कोरोना संक्रमित पुष्टि


अंकुरण खबर
715
Shares

कपिलवस्तुमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुमा थप ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरु कपिलवस्तु शिवराजका १२ जना, रगिलाल मावि क्वारेन्टाइनमा रहेका ११ जना, हरिहरपुरका ८ जना, चन्द्रौटा राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका तीन जना, रघु सामुदायिक स्कुलको क्वारेन्टाइन, कपिलवस्तुको महाराजगञ्जका र बाँणगंगाका २-२ जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १,७९८ पुगेको छ।