logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदी पसलमा चोरी गर्ने तीन जना पक्राउ


अंकुरण खबर
975
Shares

सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने पोखरा अमरसिंङ चोकका मिलन तामाङ, काठमाडौं ठमेल बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ का ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपर हुने चोरीका घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट मंगल सुत्र, चन्द्रमा हार, चाँदीको पाउजु सहित विभिन्न गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।