logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

शिक्षामन्त्रालयको निर्देशिका :अब अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनबाट पठनपाठन हुने


अंकुरण खबर
1.092K
Shares

कोरोना भाइरसका कारण बन्द भएको पठनपाठन सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ ।

सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न बनाएको निर्देशिकामा अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनबाट विद्यार्थीको पठनपाठन सुरु हुने भनिएको छ ।

अब पनि पठन पाठन सुचारु नगरे शिक्षा क्षेत्रमा ठुलो क्षति हुने भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसअघि नै निर्देशका १ असारबाट लागू गर्न सबैलाई आह्वान गरिसकेका छन् । नीजि विद्यालयहरुले पनि सामाजिक दुरी कायम राख्दै विद्यार्थी भर्ना गर्ने भनिसकेका छन् । तर यो विषम परिस्थितिमा विद्यालयमा पठनपाठन र अनलाइनबाट पनि पठनपाठन सम्भव नभएको भन्दै शिक्षा मन्त्री र नीजि विद्यालय सञ्चालकको यो कदम प्रति धेरैले आपत्ति जनाएका छन् ।