logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाका १७ सहित बीपी कोइराला प्रतिष्‍ठानबाट १८ जना डिस्चार्ज


अंकुरण खबर
884
Shares

प्रदेश १ का थप १८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् कोरोना संक्रमित निको भएर आज बिहान फर्किएका हुन् ।

दुई पटकसम्मको पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ। डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

डिस्चार्ज गरिएकाहरूमा १७ जना पुरुष र एकजना महिला रहेका छन् ।

यसअघि प्रदेश १ बाट ३० जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्। आज डिस्चार्ज भएकासहित प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ४८ पुगेको छ।