logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अछाममा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि


अंकुरण खबर
663
Shares

अछाम जिल्लाका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा ९ जनालाई कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटको क्वरेन्टीनमा बसिरहेका मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका ३०, २२, २९,४०, ३५, २७ र २४ वर्षका पुरुष र २७ वर्षीया महिला तथा मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुुष्टि पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

योसँगै अछाममा जम्मा सङ्क्रमितको संख्या ११ पुगेको छ ।