logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कर्णाली प्रदेशका ३ जिल्लामा थपिए २९ कोरोना संक्रमित


अंकुरण खबर
1.482K
Shares

कर्णाली प्रदेशमा मंगलबार थप २९ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमण देखिएको छ ।

प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण  देखिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज २९ जना नयाँ कोराना संक्रमित थपिएका जानकारी दिए ।

उनका अनुसार सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका छन् । ती ११ जना सबै पुरुष हुन् । सल्यानको दार्मा गाउँपालिका १, २, ३ र ४ का ९ जना ३५ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् ।

अछाम मंगलसेन नगरपालिका ४ का एकजना २३ वर्षीय पुरुष र सोही जिल्लाको मेल्लेख गाउँपालिका  ४ मा ९ जना कोरोना संक्रमितका २ जना २७ र ३० वर्षका महिला र अन्य ७ जना २२ देखि ४० वर्षसम्मका पुरुष छन् ।

यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६२ पुगेको महाशाखाले जनाएको छ ।