logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम पश्चिम घटनाका दोषीमाथि कडा कारबाही होस्ः सांसद पहाडी


अंकुरण खबर
1.443K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद सत्या पहाडीले रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

पुर्ब शान्ति तथा पुर्ननिर्माण मन्त्रीसमेत रहेकी सांसद पहाडीले जाजरकोटको भेरी नगरपालिकाका चारसहित अन्य २ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेकी छन् ।

उनले पीडित परिवारलाई आफूले न्याय पाउनेगरी अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छन् । त्यस्तै उनले पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरेकी छन् ।

‘यो घटना आधुनिक मानवीय मूल्यलाईसमेत चुनौती दिने खालको छ’, उनले भनिन् ।

गत जेठ १० गते पश्चिम रुकुमको सोतीमा जाजरकोटाका ६ जना युवाको निर्मम हत्या गरिएको थियो । घटनापछि एक जना युवा बेपत्ता रहेका छन्।