आज नेपालमा २८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ। त्यस्तै डिस्चार्ज भएका व्यक्तिको संख्या २६६ रहेका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।