logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रभु बैंकले दियो प्रहरीलाई स्वास्थ्य सामग्री


अंकुरण खबर
1.235K
Shares

धनगढीस्थित प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई कोभिड-१९ बाट सुरक्षित रहन स्वास्थ सामग्री हस्तान्तरण गरेको छ।

बैंकका क्षेत्रीय प्रबन्धक नन्दराज जोशी र धनगढीस्थित बैंकका म्यानेजर रबि जोशीले संयुक्तरूपमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीलाई स्यानिटाइजर, सर्जिकल मास्क र लेमिनेसन ग्लोब्स हस्तान्तरण गरे।

धनगढीस्थित शाखाले करीब ५० हजार रूपैयाँ बराबरका स्यानिटाइजर १०० एमएलको १५० पिस, सर्जिकल मास्क एक हजार ४०० पिस र लेमिनिसन ग्लोब्स दुई हजार पिस हस्तान्तरण गरिएको शाखाका म्यानेजर जोशीले बताए।