logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
663
Shares

भक्तपुरको चाँगुनारायणकी ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या ५ पुगेको छ ।

यसैबीच नेपालमा आज ९मंगलवार० एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।