logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुराको क्वारेन्टाइनमै भारतबाट फर्किएकी युवतीको मृत्यु, कोरोना परीक्षण हुँदै


अंकुरण खबर
1.027K
Shares

डडेल्धुराको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया युवतीको सोही गाउँपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएको हो ।

गएराति गन्यापधुराको असिग्राम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमै बस्दै आएका श्रीमानसँगै शौचालय गएकी उनी एकाएक बेहोस भएकी थिइन्। उपचार गर्न नपाउँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दधिराम न्यौपानेले बताए।

उनका अनुसार, उनी श्रीमानसँगै चार दिन अघि भारतबाट आएकी थिइन्। उनीहरुलाई स्थानीय विद्यालयकै क्वारेन्टाइनमा राखिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको जनाएको छ।

यस अघि सदरमुकाम डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा साढे ६ वर्षीय बालकको पनि मृत्यु भएको थियो।