logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपर र ट्याक्टर ठोक्‍किँदा एकको मृत्यु


अंकुरण खबर
1.924K
Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरस्थित टिपर र ट्याक्टर ठोक्‍किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मंगलबार राती फुलजोरबाट बयलबासतर्फ जाँदै गरेको ना.८ ख ३०९३ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको ना.४ त ४१२५ नम्बरको ट्याक्टर ठोक्‍किँदा टिपर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

टिपरका चालक जिल्ला उदयपुर कटारी नगरपालिका ६ का २४ वर्षीय विष्णुबहादुर दनुवार र सहचालक सोही नगरपालिका ७ का २३ वर्षीय सुजन दनुवार घाइते भएका छन् । गम्भीर घाइते सहचालक सुजनको थप उपचारका लागि मलंगवा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए। चालक विष्णुलाई थप उपचारका लागि वीरगंजतर्फ पठाइएको छ ।

ट्याक्टर चालक ईश्वरपुर नगरपालिका ६ का ४९ वर्षीय रामप्रसाद महरा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।