पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ।
रामपुर नगरपालिका-४ मटेरीको सहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। दुवैजना पुरुष रामपुर नगरपालिकाको क्वारिन्टिन छन्।
यसअघि रैनादेवी छहरा गाउँपालिकामा २ जना माथागढी गाउँपालिका १ र निस्दी गाउँपालिकाका २ गरी ५ जनामा संक्रमण देखिसकेको छ। ५ जनालाई तानसेन अस्पतालको आइसोलेसनमा राखिएको छ।
पाल्पामा संक्रमण देखिएका सातै जना केही दिनअघि मात्र भारतका विभिन्न सहरबाट आएका थिए। रामपुरमा देखिएका २३ र २८ वर्षीय युवा केही दिनअघि कपिलवस्तु सीमाबाट ६ जनाको टोलीसँगै जिल्ला आएका थिए।
संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्या व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलनको काम भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।