अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय ताप्लेजुङका दुई जना अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।
सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई जनही एक–एक लाख रुपैयाँ घुससहित मंगलवार पक्राउ गरेको हो ।
आयोगका अनुसार चार सय किलो सेतक चिनी बिक्रीको लागि छुटपुर्जी बनाइदिन व्यवसायी सविन बानियाँसग शाह र यादवले घुस लिएका हुन् ।
दुवैजनालाई कार्यालयमै रकम लेनदेन भइरहेको अवस्थामा पक्राउ गरिएको हो ।