logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

पर्सामा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन् भने सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूष रहेको उपाध्यायले जानकारी दिए ।

उनीहरुलाई नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकीमा ल्याउने तयारी भइरहेको छ ।