logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझैँ थामिएनन् आँसु ! जाजरकोट घटनामा मारिएका पति टिकारामको किरिया बसेकी उनकी पत्नी


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – कतै जिउँदै टुप्लुक्क आइपुग्छ कि भन्ने आशा बाँकी नै थियो। तर मंगलबार छोरा गोविन्दको शव देख्नेबित्तिकै आमा भीमी शाही बेहोस नै भइन्। भुइँमै ढलिन्। बुबा इन्द्रबहादुरले पनि आँसु थाम्न सकेनन्। लक्का जवान छोरा गुमाएको पी’डामा शाही परिवार मात्र होइन, उनका साथीभाइ र छिमेकी पनि शोकमा डुबेका छन्।

रुकुम घटनामा बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेपछि गाउँ नै शोकमा डुबेको छ। शव घटनास्थलदेखि करिब २० किलोमिटर तल जिल्लाको भेरी नगरपालिका १३ खोदाखोलानजिक भेरी नदीमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए।

त्यसपछि मृतक गोविन्दकी आमाको होश खुल्न सकेको छैन। प्रेमका नाममा ज्यान गुमाएका नवराजकी आमा उर्मिला पनि घटनापछि निकै अझै विक्षिप्त छन्। उनका आँसु रोकिएका छैनन्। घटना सुनेदेखि बग्न थालेका आँसु अझै बगिरहेका छन्। कहिले टोलाउँछिन् त कहिले भक्कानिन्छिन्।

एकमात्र छोरो जो बुढेसकालको सहारा बन्ला भन्ने सोचेकी उनले कलिलैमा निमोठिदिएको भन्दै उनी भक्कानिन्छिन्। छोरा गुमाएको पीडा त छँदैछ, न्याय नपाइने पो हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। युट्यूबरदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायले घटनाबारे दिनुहँजसो सोधेर झन् पीडा बल्झाइरहेका छन् उनलाई। ‘कतिलाई जवाफ दिउँ ? म त बोल्दाबोल्दा थाकी सकें’, उनले भनिन्।

नवराजका बुवा मुनलाल ढाडको बिरामी छन्। मुनलाल बेला बेला भकानिन्छन्। उनीहरूको भोक र निन्द्रा हराएको छ। तीन वर्षअघि पति गुमाएकी जाजरकोट भेरी नगरपालिका-११, मटेलाकी लक्ष्मी सुनारमाथि अर्को बज्रपात परेको छ। घटनामा लक्ष्मीले प्राणभन्दा प्यारो छोरा लोकन्द्रलाई गुमाउन पुगेकी छन्।

छोराको शोकमा भोक र निन्द्रा हराएको छ। उनका आँसु अझै थामिएका छैनन्। तीन वर्षअघि बस घटनामा पति गुमाएकी उनको एकमात्र सहारा त्यही छोरा थियो। तर घटनामा लोकेन्द्र मारिएपछि उनी निकै पीडामा छन्।

घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको घरमा पनि यतिबेला पीडाले सन्नाटा छाएको छ। समवेदना दिन आउनेको संख्या लामो छ। तर सबैको रोदन मि िश्रत अनुहारले घर नै उजाड भएको छ।

१८ वर्षीया टीकारामकी पत्नी दुई वर्षीया छोरीलाई काखमा राखेर पतिको काजकिरियामा छन्। पति वियोगको पीडामा उनी विक्षिप्त छन्। घटनामा मृत्यु भएका नवराज सहित ६ जनाकै परिवार, साथीभाइ, छरछिमेक, विद्यालयका गुरु, आफन्त सबै शोकमा छन्। अन्नपुर्ण पोस्ट बाट