logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि केएमसी अस्पतालका सबै सेवा बन्द


अंकुरण खबर
611
Shares

सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले आकस्मिकसहित सबै सेवा अहिलेका लागि बन्द गरेको छ ।

अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि सबै सेवा बन्द गरिएको हो ।

यसअघि मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा चार जनामा कोरोनाभाइरस संक्रमण देखिएको बताएको थियो । अस्पतालले यी चार जनामध्ये दुई जना स्वास्थ्यकर्मी भएको र दुई जना अस्पतालमा आएका बिरामी भएको जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै आफ्नो सेवाहरु अहिलेका लागि बन्द गरिएको जनाएको हो । ुदुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।