सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।