logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीका पहिलो संक्रमित कोरोनामुक्त


अंकुरण खबर
2.132K
Shares

बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन् ।

प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन् ।

यही जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा उपचारत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।