logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन


अंकुरण खबर
2.873K
Shares

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ।

एमसीसी सम्झौता खारेजीको माग गर्दै माइतीघर मण्डलमा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गरेका हुन्।

सरकारविरुद्ध चर्का नारा लगाउँदै ‘नेपालका लागि नेपाली’ नामक समूह र नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीले प्रदर्शन गरेका हुन्।

‘नेपालका लागि नेपाली’ ले एमसीसीको विरोधसँगै गणतन्त्र विरोधी नारा पनि लगाएको थियो। प्रदर्शकारीले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका छन्।

नेपाली सेनालाई ठेक्कापट्टामा नभएर सीमा सुरक्षाका लागि कालापानी, सुस्ता, पशुपतिनगरमा पाठाउन उनीहरुले माग गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रै एक पक्षले एमसीसी सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुने अडान लिएका बेला सडकमा पनि त्यसविरुद्ध प्रदर्शन भएको हो ।