logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै, डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।