सिराहामा १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
गोलबजार नगरपालिका-३ स्थित गागन खोलामा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ बस्ने २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव तथा सुखीपुर नगरपालिका ६ बस्ने १९ वर्षीय गोलु महतो छन् ।
पीडित किशोरीले दिएको बयानको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरेका हो । आरोपित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सिराहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।