बुधबार थप २०१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज २०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २,३०० पुगेको छ । यसैगरी, २७८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । ती मध्ये २२२ जना पुरुष र ५६ महिला रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट ८० हजार २६७ जनाको कोरोना परीक्षण भएको छ । १ लाख ५५ हजार ८६८ जना क्वारेन्टिनमा छन् । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन्।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।