logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

जलाउन चितामा राखेको शव प्रहरी नियन्त्रणमा


अंकुरण खबर
1.508K
Shares

प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिकाको एक गाउँबाट जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ ।

बुधबार चन्द्रपुर–१० बाल्चनपुर स्थित घाघी खोला किनारमा चिता बनाई जलाउन लागेको अवस्थामा अन्दाजी २६ बर्षिय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा लास जलाउन लागेको सुचनाका आधारमा प्रहरीले शव बरामत गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

मृतक महिलाका श्रीमान मुकेश पंडितलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।