logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको मोडालिटी परिवर्तन बारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
624
Shares

लकडाउन उल्लंघन गर्ने क्रम बढेर गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठकले ७३ दिनदेखि जारी लकडाउन खुकुलो बनाउने विषयमा निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श गरेका थिए । विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

सर्वसाधरण र व्यवसायीले लकडाउन अति लामो भएको भन्दै यसको प्रतिकार गर्न थालेपछि सरकार लकडाउन खुकुलो बनाउँदै यसको मोडालिटी परिवर्तन गर्ने तयारीमा जुटेको हो ।