logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु


अंकुरण खबर
741
Shares

भारतबाट आई क्वारेन्टिनमा बसेर घर गएका सुर्खेतका एक युवकको मृत्यु भएको छ ।

सुर्खेतस्थित जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेर घर फर्किएका पन्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बिहीबार बिहान अचानक घरमै मृत्यु भएको हो ।

यही जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए । स्वाब परीक्षणपछि मात्र उनको मृत्युको कारणबारे बताउन सकिने थापाले बताए ।