logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा थपिए १२ संक्रमित


अंकुरण खबर
663
Shares

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज बिहान १२ जनामा संक्रमण पुष्‍टि भएको हो।

बाणगंगा नगरपालिका १ का २१ वर्षका पुरुष, वडा २ का ८ वर्षीय बालिका र २६ वर्षकी महिला, ३९ वर्षका एक पुरुष, वडा नम्बर ४ का ३४ वर्षका पुरुष १, वडा नम्बर ७ का ३९ वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको छ।

त्यस्तै यशोधरा गाउँपालिका ७ का २२, २६, ३०, ३६, ४२ र ४८ वर्षका ६ जना पुरुषहरूमा पनि संक्रमण पुष्‍टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यससहित कपिलवस्तुमा संक्रमितको संख्या चार सय १४ पुगेको छ।