logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागीमा परि धरानमा आमाछोरीको मृत्यु


अंकुरण खबर
767
Shares

सुनसरीको धरान उपमहानगरपालिका-१५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ ।

आज बिहान साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागी हुँदा छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको हो । आगलागीका कारण काठको घर जलेर नष्ट भएको छ ।

माथिल्लो तलामा रहेकी फरक क्षमताकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीले आगलागी हुन थालेपछि धनमायाले आफ्नी छोरीलाई लिन गएकी थिइन् ।

ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको छ । आगो धरानका दुई र इटहरीको एक दमकल,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए ।