logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गर्दै पसल खुल्न थाले : तीनवटै जिल्लाका प्रमुख बैठक बस्दै


अंकुरण खबर
1.287K
Shares

सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै उपत्यकाभित्र पसलहरु खोल्न थालेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु न्यूरोड, चावहिल, कोटेश्वर लगायत क्षेत्रमा पसलहरु खुलेका छन्।

उपत्यकाभित्र यसरी पसलहरु खुल्न थालेपछि स्थानीय प्रशासनलाई थप समस्या परेको छ। उपत्यकाभित्रका तीनवटै स्थानीय प्रशासनले छलफलका लागि बैठक बोलाएका छन्।

आज बिहान ११ बजेको लागि बैठक बोलाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलले बताइन्। उनका अनु्सार लकडाउनलाई कसरी व्यवस्थित बनाउने र कार्यन्वयनमा लैजाने भन्ने विषयमा छलफल हुनेछ।

पसल बन्द राख्दा बैंकको ब्याज र किस्ता, घरभाडा तथा कर्मचारीलाई पारिश्रमिक दिनसमेत समस्या भइरहेको उनीहरूले बताउँदै आएका छन्।

त्यस्तै आज दिउँसो नै लकडाउनको विषयमा छलफल गर्ने मन्त्रिपरिषद्को बैठक समेत बोलाइएको छ।