logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा बढ्दै निसर्ग चक्रवातको प्रभाव: वर्षा र हिमपात हुने भएकाले सतर्क रहन सुझाव


अंकुरण खबर
1.339K
Shares

अरब सागरमा विकसित निसर्ग नामको सामुद्रिक आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा बढ्दै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उक्त चक्रवातको अप्रत्यक्ष प्रभावले हिजै (बुधबार) देखि नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने त्यो क्रम आज (बिहीबार) पनि जारी रहनेछ।

आज दिउँसो विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा हुने सम्भावना छ भने रातिदेखि मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा हुने छ।

मौसम महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ,  देशका केही स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।