logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रख्यात बलिउड गीतकार अनवर सागरको निधन


अंकुरण खबर
1.235K
Shares

बलिउडका प्रख्यात गीतकार अनवर सागरको निधन भएको छ ।

नवभारत टाइम्सका अनुसार उनको बुधबार मुम्बाईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनबारे आइपिआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड)ले ट्विटमार्फत पुष्टि गरेको हो । यद्यपि, उनको मृत्युको कारण भने पत्ता लागिनसकेको बताइएको छ ।

गीतकार अनवर सागरका ‘वादा रहा सनम…लगायत गीत चर्चित छन् । उनले विजय पथ र यारानालगायत सफल चलचित्रका लागि पनि गीत लेखेका छन् ।