logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.287K
Shares

गत मंगलबार क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ बर्षिया कमला लुहारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको मृत्युपछि गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।

उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको प्रदेशीक स्वास्थ्य कार्यालयक कैलालीले जनाएको छ ।

चारै जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो ।

मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको छ ।